Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

जोशीको स्वास्थ्य अवस्था बुझ्न देउवा नर्भिक अस्पतालमा

२६ फागुन
काठमाडौं –
उपचाररत नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था बुझ्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नर्भिक अस्पताल पुग्नु भएको छ ।

फागुन १४ गते मष्तिष्कघात भएपछि पूर्वमन्त्री तथा कांग्रेस नेता जोशी नर्भिक अस्पतालमा भर्ना भएका थिए । जोशीको स्वास्थ्य अवस्था थप बिग्रिएको खबर आएका बेला देउवाले अस्पताल पुगेर जोशीको स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिनुभएको हो ।

जोशी कोमामै रहेका र भेन्टिलेटरको सपोर्टमा उपचार भइरहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE