भोलिदेखि कस्ता सवारीलाई पास चाहिन्न, कस्ताले पास लिन के गर्ने ?
१५ बैशाख, काठमाडौँ – जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले भोलि बिहीबारदेखि एकसाथ निषेधाज्ञा गरेका छन् । यो समयमा नीजि तथा सार्वजनिक सवारी आवागमन पूर्ण रुपमा रोक लगाइएको छ । विशेष प्रकृतीका सवारीलाई पास चाहिदैन तर विशेष परिस्थितीका लागि पास लिइर सवारी चलाउन पाइनेछ । जसका लागि प्रशासनले थप आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले मंगलबार जारी गरेको थप आदेशमा विवाहका लागि प्रयोग गरिने सवारी साधनका लागि पास नचाहिने उल्लेख छ। तर उक्त सवारीमा दुलहा–दुलही पनि हुनुपर्नेछ भने १५ जनासम्म जन्ती जान पास नचाहिने भएको छ । तर पार्टी प्यालेस सञ्चालन गर्नुपर्ने भए जिल्ला प्रशासन कार्यालयबाट अनुमति (पास) लिनुपर्नेछ।
साथै बैक तथा वित्तीय संस्था, वीमा एवं राष्ट्र बैंकबाट इजाजत प्राप्त वित्तीय कारोवार गर्ने सहकारी संस्थाका कर्मचारीले प्रयोग गर्ने निजी नम्बर प्लेटका सवारी साधनहरू सम्बन्धित कार्यालयको परिचय पत्रका आधारमा सञ्चालन हुन पाउनेछन्। उनीहरुका लागि पास जरुरी छैन । यस्तै कुरियर र डाँक सेवालाई पनि अत्यावश्यक सेवामा राखिएको छ। साथै प्रेस, स्वास्थ्यकर्मीहरुपनि आफ्ना परिचय पत्रका आधारमा सवारी चलाउन पाउनेछन् ।
काठमाडौं उपत्यकाभित्र वैशाख १६ देखि २२ गतेसम्म पहिलो चरणमा निषेधाज्ञा हुनेछ। मन्त्रिपरिषदले निषेधाज्ञा कम्तीमा १५ दिन गर्न भनेकोले वैशाख २२ गतेपछि पनि निषेधाज्ञा जारी रहनेछ। यस्तो छ थप आदेश
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE