Date
शुक्र, जेष्ठ १५, २०८३
Fri, May 29, 2026

सरकारी–सार्वजनिक निकायलाई मङ्गलबारदेखि नियमित सेवा प्रवाह दिन अनुरोध

७ असार, काठमाडौँ – जिल्ला प्रशासन कार्यालय ललितपुरले यहाँका सबै सरकारी एवं सार्वजनिक निकायलाई मङ्गलबारदेखि नियमित सेवा प्रवाहको व्यवस्था मिलाउन अनुरोध गरेको छ । सहायक प्रजिअ ललितकुमार बस्नेतले आज  विज्ञप्ति जारी गर्दै महानगरवासीले आउँदो आइतबार, सोमबार र मङ्गलबार मात्र नागरिकता, प्रतिलिपि, नावालिग परिचयपत्र, राहदानी र  हातहतियार दर्ता नवीकरण सेवा लिन पाउने जानकारी गराउनुभएको छ । यहाँका तीन गाउँपालिकावासीले बुधबार  तथा गोदावरी र महालक्ष्मीनगरवासीले बिहीबार र शुक्रबार  सेवा लिन पाउने पत्रमा उल्लेख छ ।

यसैगरी प्रशासन कार्यालयले सङ्घसंस्था दर्ता सोमबार र बुधबार तथा सङ्घसंस्था नवीकरण आइतबार, मङ्गलबार र बिहीबारका साथै पत्रपत्रिका तथा छापाखाना दर्ता र विधान संशोधन शुक्रबार मात्रै गरिदिने पत्रमार्फत बताएको छ ।

त्यसैगरी शान्त्ति सुरक्षाको निवेदन र कानूनबमोजिम हुने मुद्दा तथा विपद् व्यवस्थापनसम्बन्धी कार्य भने कार्यालय खोलिएका हरेक दिन गरिने जानकारी गराइएको छ । सेवाग्राही यदि कसैलाई रुघाखोकी र ज्वरो जस्ता लक्षण देखिएमा कार्यालय प्रवेशमा रोक गरिने बस्नेतद्घारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

WRITE COMMENTS FOR THIS ARTICLE