Date
बिहि, बैशाख ६, २०८१
Thu, April 18, 2024

२४ वर्षअघि मृत्यु भएका एक गायकको स्वरमा नयाँ गीत रेकर्ड

१० फागुन
एजेन्सी
– दक्षिण कोरियामा गायकको मृत्यु भएको २४ वर्षपछि उनकै स्वरमा गीत रेकर्ड भएको छ ।२४ वर्षअघि मृत्यु भएका एक गायकको स्वरमा दक्षिण कोरियाको एउटा प्रविधि कम्पनीले नयाँ गीत रेकर्ड गराएको हो ।

त्यसका लागि एआई अर्थात् आर्टिफिशल इन्टेलिजन्सबाट सञ्चालित हुने एउटा सफ्टवेअरलाई सन् १९९६ मा मृत्यु भएको गायक किम ख्वाङ सियोकको गायकका पुराना गीत र आवाज सुनाइएको बीबीसीमा उल्लेख छ ।

हाल स्वराङ्कन गरिएको उक्त गीत ती गायकले पहिला कहिल्यै पनि रेकर्ड नगराएको बताइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE