Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

मिस नेपाल श्रृंखला बनिन् वर्ल्डलिंकको सद्भावना दूत

१६ फागुन
काठमाडौं –
नेपालकै सबैभन्दा ठूलो ब्रोडव्यान्ड सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले शृंखला खतिवडालाई सद्भावनादूतमा नियुक्त गर्नु भएको छ ।

आकर्षक व्यक्तित्वकी धनी, आर्किटेक्चर इन्जिनियरिङ्ग संकायमा आफ्नो ब्याचको टपर र समाजसेवामा समर्पित एवं मिस नेपाल–२०१८ शृंखला खतिवडा नेपालकै चर्चित व्यक्तित्वहरू मध्येका एक रहेको वर्ल्ड लिंकले जनाएको छ । खतिवडालाई सद्भावना दूत नियुक्त गर्दै वर्ल्डलिंकले भनेको छ, ‘उनी आजका महिलाहरूको लागि प्रेरणादायी भुमिकामा छिन, जसले जीवनका हरेक पक्षमा अब्बल हुनुबाहेक अरू केही चाहिनन् ।’

वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले भने, ‘नेपालीलाई विश्वस्तरीय इन्टरनेट सेवा दिन वर्ल्डलिंक सधैं प्रयासरत रहेको छ । २५औं वार्षिकोत्सवका अवसरमा सद्भावनादूतका रूपमा शृंखलाजीले हाम्रो प्रतिनिधित्व गर्दा हामी निकै खुसी छौं ।’

सद्भावनादूतका लागि सम्झौतामा हस्ताक्षर गरिसकेपछि शृंखलाले भनिन्, ‘नेपालको नम्बर एक ब्रोडव्यान्ड सेवा प्रदायकका रूपमा नेपालभरी गरेको विस्तारित सेवा प्रति, वर्ल्डलिंकले गरेको मेहनतको म सराहना गदर्छु । यसको सद्भावनादूत हुन पाएकामा निकै खुशी छु ।’

उनले अगाडि थपिन्, ‘वर्ल्डलिंक नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक मात्र होइन, डिजिटल नेपाल बनाउनका लागि सबैभन्दा धेरै योगदान पुर्‍याइरहेको संस्था पनि हो । साथै यस कम्पनीले समाज हितका विभिन्न क्रियाकलापमा पनि संलग्न हुँदै आइरहेकोछ । नयाँ कामहरू गरिरहेका र उपभोक्ताहरूलाई उत्कृष्ट सेवा दिन उच्च प्रविधिको प्रयोग गरिरहेका नेपालका युवाहरूका लागि वर्ल्डलिंक प्रेरणाको स्रोत पनि बनिरहेको छ ।’

शृंखला सन् २०१८ मा मिस नेपालको २३ औं संस्करणकी विजेता भएकी थिइन् । ‘मिस वल्र्ड–२०१८’ मा उनले उपाधिका लागि अन्य ११८ सुन्दरीसँग प्रतिस्पर्धा गरेकी थिइन् । त्यसमा उनी ‘उत्कृष्ट बाह्रौं’ मा पर्न सफल भएकी थिइन् र उनलाई ‘ब्युटी विथ अ पर्पोज अवार्ड’ विजेता पनि घोषित गरिएको थियो । यसबाहेक पनि उनी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भइसकेकी छिन् ।

सद्भावनादूत सम्झौता हस्ताक्षर कार्यक्रम वर्ल्डलिंकको मुख्य कार्यालय जावलाखेलमा सम्पन्न भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE