Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

फोनमार्फत खाद्य सामग्री मगाउन सकिने

फोनमार्फत खाद्य सामग्री मगाउन सकिने

१३ जेठ, काठमाडौं– कोरोनाका कारण उपत्यकामा थप कडाइ गरेसँगै काठमाडौं जिल्ला प्रशासन कार्यालयले आवश्यक पर्ने उपभोक्ताले नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडबाट अत्यावश्यक खाद्य सामग्री मगाउन सक्ने गरी व्यवस्था गरेको छ ।

कोभिड–१९ को सङ्क्रमणदर कम गर्नका लागि यही १४ देखि २० गतेसम्मका लागि निषेधाज्ञामा थप कडाइ गरिने भएपछि यसअघि सञ्चालन हँुदै आएका खाद्य पसल पनि बन्द हुने भएका छन् । जसका कारण उपभोक्तामा पर्न सक्ने समस्यालाई मध्यनजर गर्दै प्रशासनले यस किसिमको व्यवस्था गरेको हो ।

त्यसका लागि फोन नम्बर पनि सार्वजनिक गरिएको छ । नागरिकले खाद्य सामग्री मगाए मोबाइल गाडीबाट घरमै लैजाने व्यवस्था मिलाइएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद रिजालले जारी गर्नुभएको सार्वजनिक सूचनामा भनिएको छ ।

सूचनाअनुसार नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्द ९८५१३२०३१४, विभागीय प्रमुख भीमबहादुर थापा ९८५११३६७८५, प्रादेशिक प्रमुख थापाथली ज्ञानु थापा, ९८५११२१७८८ नम्बरमा फोन गर्न आग्रह गरिएको छ ।

त्यसैगरी साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ ९८५१०२२५६४, नायब कार्यकारी अधिकृत कुमार राजभण्डारी ९८५१०३३३०३, विभागीय प्रमुख सवल रिजाल ९८५१११३६६०, अधिकृत प्रज्वल प्रधान ९८४१३३२९९० र ९८१३२७२५६३ मा फोन गरी सहयोग लिन भनिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE