Date
शुक्र, चैत्र ९, २०८०
Fri, March 22, 2024

त्रिकोणात्मक सिरिज : आज नेदरल्याण्ड्स र मलेसिया खेल्दै

८ वैशाख, काठमाडौँ – त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आज नेदरल्यान्ड्स र मलेसिया भिड्दैछन् । कीर्तिपुरस्थित टी-यू अन्तर्राष्ट्रिय मैदानमा खेल १२:१५ बजे सुरु हुनेछ ।

नेदरल्याण्ड्स र मलेसिया एक आपसमा खेल्नुअघि फरक परिस्थितिमा छ । पहिलो खेलमा नेपालसँग हारेको नेदरल्याण्ड्सले त्यसयता लगातार दुई खेल जित्दै ३ खेलबाट ४ अंक जोडिसकेको छ । मलेसिया लगातार हारपछि अंकविहिन छ । ३ खेलबाट ४ अंक नै रहेको घरेलुटोली नेपाल राम्रो रनरेटको आधारमा शीर्ष स्थानमा छ।

मलेसिया भने सिरिजमा पहिलो जितको खोजीमा हुनेछ । नेदरल्याण्ड्सलाई पराजित गर्न सकेन मलेसियाको पनि फाइनल पुग्ने सम्भावना सम्भावना कायम रहन्छ । तर त्यसका लागि मलेसियाले नेदरल्याण्ड्स र नेपाल दुवैलाई फराकिलो अन्तरले पराजित गर्नुपर्ने हुन्छ।

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा भइरहेको सिरिजमा डबल राउण्ड रोबिनको खेलपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

WRITE COMMENTS FOR THIS ARTICLE