पछिल्लो २४ घण्टामा १६ सय ३० जना संक्रमणमुक्त
६ आश्विन काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर १ हजार ६३० जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ५५ हजार ६३० पुगेको छ ।
मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ४७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ९३० जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ४७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ११ हजार ६७ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार २५१ जना र २ हजार ८६३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ७७ हजार ४३७ पुगेको छ।
पछिल्लो २४ घण्टामा देशभर १३ हजार ९३० जनाको परीक्षण हुँदा हालसम्म कुल ४६ लाख ७२ हजार १७२ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप ६ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५९ पुगेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE