Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

सर्वोच्चको फैसलापछि गुम्यो गण्डकी प्रदेशका सांसद कृष्ण थापाको सांसद पद

सर्वोच्चको फैसलापछि गुम्यो गण्डकी प्रदेशका सांसद कृष्ण थापाको सांसद पद

३१ जेठ, काठमाडौं– गण्डकी प्रदेशका सांसद कृष्ण थापाको पद गुमेको छ । सर्वोच्च अदालतले जनमोर्चा सांसद थापाको सांसद पद खारेज गरिदिएपछि उनको पद गुमेको हो ।

सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले थापालाई जनमोर्चाले गरेको कारवाही नियमानुसार नै रहेको ठहर सर्वोच्चले उनको सांसद पद खारेज गरिदिएको हो ।

सर्वोच्चको आदेशमा भनिएको छ, ‘यसअघिको अन्तरिम आदेशपछि परिस्थितिमा परिवर्तन भई हाल विपक्षी निवेदक कृष्ण थापा गण्डकी प्रदेशसभा सदस्यबाट हटिसकेको भन्ने तथ्यमा विवाद देखिएन । यस अवस्थामा विपक्षी निवेदन कृष्णा थापालाई गण्डकी पदेशसभा सदस्यको हैसियतमा काम गर्न दिनुभनि जारी भएको अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिरन नपरी सर्वोच्च अदालतको नियमावली २०७४ को नियम ४९(७) बमोजिम खारेज गरिदिएको छ ।’

सांसद थापालाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै प्रदेशसभा सभामुख नेत्रराज अधिकारी, प्रदेशसभा सचिवालय र राष्ट्रिय जनमोर्चाले पुनरावेदनका लागि सर्वोच्चमा निवेदन दिएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE