Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

काठमाडौंबाट हुण्डीको ९१ लाख नगद सहित ४ जना पक्राउ

२६ साउन, काठमाडौँ – काठमाडौंको गणबहालबाट प्रहरीले हुण्डी कारोबारमा संलग्न ४ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले आरोपीहरुको साथबाट ९१ लाख ९६ हजार रुपैयाँ बरामद गरेको छ ।

पक्राउ पर्नेमा तनुज अग्रवाल, नितेश श्रेष्ठ, नर बहादुर खड्का र अर्जुन चौलागाईं छन् । हुण्डी कारोबारका मुख्य आरोपी तनुज अग्रवाल रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताए ।

काठमाडौं महानगरपालिका–२२ गणबहाल स्थित तनुजको घरमा छापा मारेर प्रहरीले सो रकम बरामद गरेको हो । अरु तिनजना तनुजका सहयोगी हुन् ।

WRITE COMMENTS FOR THIS ARTICLE