क्रियाशील पत्रकारिता पुरस्कार इरफान र माधुरीलाई
१८ असार, वीरगन्ज – गिरिजाप्रसाद (जिपी) कोइराला फाउण्डेशन पर्साले यस वर्षको क्रियाशील पत्रकार पुरस्कार वीरगन्जका पत्रकारद्वय इरफान अली र माधुरी महत्तोलाई प्रदान गर्ने निर्णय गरेको छ।
फाउण्डेशन पर्साले पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा हरेक वर्ष पर्साका दुईजना पत्रकारलाई क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ।
बिहीबार बसेको फाउण्डेनशन पर्साको बैठकले यस वर्षको पुरस्कार पत्रकारद्वय महत्तो र अलीलाई प्रदान गर्ने निर्णय गरेको हो।
महत्तो, वीरगन्जस्थित नारायणी एफएमकी समाचार शाखा प्रमुख र बीबीसी नेपाली सेवामा कार्यरत छन्। अली भने ग्यालेक्सी टिभीको पर्सा संवाददाता हुन्।
जनही २५र२५ हजार रुपैयाँको पुरस्कारबाट महतो र अली सम्मानित हुन लागेका हुन्। पुरस्कार असार २२ गते प्रदान गरिने फाउण्डेशनका सचिव सन्तोष सिंहले जानकारी दिए।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE