नेपाल–अमेरिका सम्बन्ध थप बलियो हुन्छ : बाइडेन
नेपाल–अमेरिका सम्बन्ध थप बलियो हुन्छ : बाइडेन
१३ फागुन
काठमाडौं – संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन समक्ष अमेरिकाका लागि नेपालका राजदूत डा। युवराज खतिवडाले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छ् । कोरोना भाइरस सङ्क्रमणका कारण पत्राचारमार्फत ओहोदाको प्रमाणपत्र बुझाइएको हो ।
नवनियुक्त राजदूत खतिवडाले बुझाएको ओहोदाको प्रमाणपत्र राष्ट्रपति बाइडेनले स्वीकृत गर्दै उनलाई अमेरिकामा कूटनीतिक व्यक्तिका रूपमा स्वागत गरे । साथै राष्ट्रपति बाइडेनले आफ्नो सरकार दुई देशको सम्बन्ध थप बलियो बनाउन र साझा कार्यसूचीमा एक साथ काम गर्न इच्छुक रहेको बताएका छन् ।
ओहोदाको प्रमाणपत्र बुझाउने क्रममा राजदूत खतिवडाले नेपालका प्रधानमन्त्री तथा नेपाली जनताको तर्फबाट राष्ट्रपति बाइडेनको सफल कार्यकाल, सुख र स्वास्थ्यको कामना गर्नुका साथै अमेरिका र त्यहाँको जनताको समृद्धिका लागि शुभकामना व्यक्त गरेका थिए ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE