छेडागाड-९ बुदार्नका एकजना भिरबाट लडेर गम्भीर घाइते !
नरेन्द्र महतारा । जाजरकोटको छेडागाड नगरपालिका-०९, बुदार्नका ५४ वर्षीय देबबहादुर महतारा भिरबाट लडेर गम्भीर घाइते भएका छन् ।
आइतबार बिहान बुदार्नस्थित तुलधाराको भिरमा रुखमा रहेको घाँस ल्याउन जाने क्रममा उनी लडेका थिए । महतारा भिरबाट करिब ३ सय मिटर तल खसेका थिए । उनको अवस्था गम्भीर रहेको स्थानीय लोकेन्द्र महताराले जानकारी दिए । उनको टाउको, खुट्टा र शरीरमा चोट लागेको बताइएको छ ।
उनलाई छेडागाड नगरपालिका-५ थलहमा रहेको शाही शिवालय सामुदायिक अस्पतालमा उपचारका लागि लगिएको थियो । अस्पतालले अवस्था जटिल रहेको भन्दै बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा रिफर गरेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE