पाँच वर्षमा मुलुकले मुहार फेर्छ : मन्त्री अर्याल
काठमाडौँ – वृद्ध भत्ता पाँच हजार पुर्याएरै छाड्ने भूमि व्यवस्था गरीबी निवारण एवं सहकारीमन्त्री पद्माकुमारी अर्यालले दाबी गरेकी छन् । चापाकोट नगरपालिका–७ स्थित साँखर साना किसान कृषि सहकारी संस्थाको चौथो वार्षिक साधारणसभामा बोल्दै उनले उहाँले निर्वाचनका बेला बोलेका कुरा पूरा गरेरै छाड्ने बताएकी हुन् ।
सरकार पार्टीको घोषणापत्रलाई आत्मसात् गरेर अगाडि बढेको बताउँदै मन्त्री अर्यालले ५ वर्षमा मुलुकले मुहार फेर्ने जनाएकी छन् । उनले भनिन् “निर्वाचनका बेला हामीले वृद्ध भत्ता पाँच हजार बनाउँछौँ भनेका थियौँ त्यो पुरा गरेरै छोड्छौँ ।” अहिलेसम्म नीति निर्माणमै अल्झिएकाले सरकारले गति लिन नसकेको र ५ वर्षमा मुलुकले विकासको गति लिने र सबै निर्णय पुरा हुनेमा मन्त्री अर्यालले जोड दिएकी छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE