Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

माओवादी केन्द्रले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय

३ साउन, काठमाडौँ – सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । सिंहदरबारमा रहेको दलको कार्यालयमा बसेको नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको पार्टीका नेता मातृकाप्रसाद यादवले जानकारी दिनुभयो ।

नेकपा एमालेका माधव नेपाल पक्षले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने विश्वास व्यक्त गर्दै उनीहरुलाई पनि सरकारमा सहभागी गराउने विषयमा पनि छलफल गरिएको उहाँले बताउनुभयो । माओवादी केन्द्रसँग ५३ जना सांसद रहेकोमा सभामुख अग्निप्रसाद सापकोटाले मत दिन पाउनुहुन्न भने लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरीले दल परिवर्तन गरेको भन्दै माओवादी केन्द्रले हटाइसकेको छ । अहिले माओवादी केन्द्रका ४९ जना सांसद छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE