Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

रौतहटमा आफ्नै घर अगाडि बसीरहेका दम्पती माथि धारिलो हतियार प्रहार, श्रीमतिको मृत्यु श्रीमान गम्भीर घाइते

११ असाेज 
रौतहट – रौतहटको धारिलो हतियार प्रहार गरेर एक महिलाको हत्या गरिएको छ । देबाही–गोनाही नगरपालिका–५ टिकुलियामा शुक्रबार बेलुकी घरमै बसिरहेको  अवस्थामा एक समुह आएर आक्रमण गर्दा घाइते भएकी जगरनिया देवीको मृत्यु भएको हो ।

सोही आक्रमणमा परेर घाइते भएका उनका श्रीमान महेश तिवारी पनि गम्भीर घाइते भएका छन् । उनको वीरगन्ज स्थित एलएस न्युरो अस्पतालको आइसियुमा राखेर उपचार भइरहेको छ । उनको अवस्था गम्भीर प्रहरीले जनाएको छ ।

शुक्रबार राति सवा नौ बजेतिर आफ्नो घर अगाडि बसिरहेका तिवारीलाई सुरुमा केही व्यक्ति आएर तलाइ मारिदिन्छु भनेर धम्की दिएको भन्दै आफुलाई जानकारी गराएको र आफुले इलाका प्रहरी कार्यालय कटहरियामा जानकारी गराएको तर प्रहरी नआइपुग्दैै घटना घटेको स्थानिय भोला प्रसाद यादव बताउँछन् ।

उनीहरुलाई सोही स्थानमा बस्ने  प्रजित मुखिया, सोनालाल मुखिया र बलिराम मुखिया सहित चार जना मिलेर दम्पतीलाई आक्रमण गरेका स्थानियहरु बताउँछन् । उनीहरुलाई आक्रमण गर्दा अन्य मानिसहरु सोही स्थानमासँगै भएपनि हतियारको डरले बचाउन नसकेको बताउछन् ।

आफ्नो श्रीमानलाई धारिलो हतियारले प्रहार गर्न थालेपछि बचाउन गएकी जगरनिया देवीलाई टाउको, अनुहारमा खुकुरी, दावा लगाएतको धारिलो हतियारले प्रहार गरेका थिए । घाइते भएका महेश भने भागेर छिमेकीको घरमा गएर ज्यान जोगाएका थिए ।

आक्रमणकारीहरु अन्य गाउँलेहरु आएपछि भागेका थिए । उहाँका अनुसार प्रहरीले घटनामा संंलग्न भएको आरोपमा तीन जना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अक्षेलाल मुखिया, कविन्द्र मुखिया र वलि मुखिया रहेका छन् । घटना संलग्न रहेर फरार रहेका विजय मुखिया र रामवली मुखियाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

आक्रमण पछि गम्भीर घाइते भएका दुबैजनालाई थप उपचारको लागि वीरगन्ज लगिएकोमा पत्निको उपचारको क्रममा मृत्यु भएका इलाका प्रहरी कार्यालय गरुडाका  प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिनुभयो । उहाँका अनुसार गत असारमा बाटो निकासको क्रममा मुखिया परिवारको विवाद हुँदा महेश तिवारी साक्षी मुखिया परिवारको विपक्षबाट साक्षी बसेको रिसवीइले आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र घटना बारे थप अनुसन्धान भइरहेको बताउनुभयो ।

प्रहरी घटनाको अनुसन्धानको लागि तालिम प्राप्त कुकुरको पनि प्रयोग गरिरहेको छ । खेती किसानी गरेर जीविकोपार्जन गर्ने तिवारी  दम्पतिका ५ छोरी र एक छोरा रहेका छन् । रौतहटमा पछिल्लो समयमा हत्याको श्रृखला बढेपछि स्थानीय त्रासमा रहेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE