कोरोना भाइरस २ बर्षसम्म रहदैन : डब्लूएचओ
६ भाद्र
एजेन्सी-विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले विश्वमा कोरोना भाइरस २ वर्षभन्दा कम समय मात्र रहने जनाएको छ । डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले शुक्रबार जेनेभामा भएको पत्रकार सम्मेलनमा कोरोना भाइरसको महामारी ‘स्पेनिस फ्लू’ को महामारीभन्दा छिटो नियन्त्रणमा आउने बताउनुभएको हो । महानिर्देशक गेहब्रेयससले अहिलेको आधुनिक प्रविधिका कारण भाइरसको नियन्त्रण छिटो हुनेमा आफू आशावादी रहेको बताउनुभयो । ‘विश्वव्यापीकरणका कारण भाइरस तीव्र रुपमा फैलिने सम्भावना अवश्य छ तर त्यसैगरी हामीसँग भएका प्रविधि र ज्ञानले यसलाई रोक्न सकिनेछ,’ उहाँले भन्नुभयो ‘तर यसका लागि राष्ट्रिय एकता र विश्वव्यापी ऐक्यबद्धताको आवश्यकता पर्छ ।’
सन् १९१८ को स्पेनिस फ्लूका कारण करिब ५ करोड मानिसको मृत्यु भएको थियो । त्यसको करिब आधा त भारतमै मृत्यु भएको थियो । गत वर्षको डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको भनिएको कोरोना भाइरसको संक्रमणका कारण अहिलेसम्म विश्वभर ७ लाख ९७ हजारभन्दा बढीको मृत्यु भएको छ । त्यस्तै यस भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड २६ लाख नाघेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE