दोरम्बा प्राथमिक अस्पताल परिसरमा गाँउपालिका अध्यक्षद्वारा बृक्षरोपण
सिंहराज योन्जन
२५ असार, रामेछाप – दोरम्बा प्राथमिक अस्पतालको परिसरमा दोरम्बा गाँउपालिका अध्यक्षको नेतृत्वमा वृक्षरोपण गरिएको छ । अस्पताल वरिपरि दोरम्बा गाउँपालिका अध्यक्ष कमानसिंह तामाङको नेतृत्वमा विभिन्न प्रकारको बोट बिरुवा रोपिएको हो । उक्त अस्पताल वरिपरि रहेको सल्लाको रुखलाई हटाएर चिया, एबोगार्ड, कटुस जस्ता धेरै प्रकार ८ सय भन्दा बढी बिरुवा रोपिएको छ ।

उक्त बिरुवा रोप्ने कार्यमा गाउँपालिका अध्यक्ष कमान सिंह तामाङ ,उपाध्यक्ष कृशला घिसिङ , गाउँपालिका प्रशासकीय अधिकृत धिरज मरासिनी, गाउँपालिका २ वडा अध्यक्ष खड्क बहादुर श्रेष्ठ, वडा सदस्य रन्जित मोक्तान, अस्पताल परिवार, राजनिती दलको प्रतिनिधि, शिक्षक, तथा स्थानीय ब्यक्तिहरुले बिरुवा रोपेका हुन ।


RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE