दार्चुला घटनाको छानबिन गर्न वाइसिएलको माग
१७ साउन, काठमाडौँ – नेकपा (माओवादी केन्द्र)को सहायक सङ्गठन वाइसिएल नेपालले दार्चुला घटनाको सत्यतथ्य पत्ता लगाउन माग गरेको छ । महाकाली नदीमा तुइनबाट यात्रा गर्ने क्रममा दार्चुलाको ब्यास गाउँपालिका–२ निवासी ३० वर्षीय युवा जयसिंह धामीको महाकाली नदीमा डुबेर मृत्यु भएको घटनाप्रति वाइसिएलले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा र महासचिव सुवोधराज शेर्पाले शनिबार जारी गर्नुभएको विज्ञप्तिमा मृतक धामीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजन र आफन्तमा गहिरो समवेदना प्रकट गरेको छ । उक्त घटनाको छानबिन गरी कूटनीतिकस्तरबाट देशको स्वाभिमान र नागरिक जीवनको सुरक्षा एवं मृतक र तुइन काण्डबाट पीडित नागरिकको अभिभावकत्व र यथोचित क्षतिपूर्ति तथा राहतका लागि वाइसिएलले सरकारसँग माग गरेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE