Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

औषधि किन्न गएका पुरुषको बाटोमै मृत्यु

२१ वैशाख, काठमाडौँ – धनुषामा एक पुरुषको अचानक मृत्यु भएको छ । जिल्लाको बटेश्वर गाउँपालिकामा ४३ वर्षीय लोकबहादुर परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बटेश्वर बजारमा खाजा पसल सञ्चालन गर्दै आएका परियारलाई ३–४ दिनदेखि ज्वरो आइरहेको थियो। उनी मंगलबार बिहान स्थानीय एक औषधि पसलमा ज्वरोको औषधि खरिद गएका थिए। त्यही बेला पसल अगाडि नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

औषधि पसलले उनमा कोरोना संक्रमणको लक्षण रहेको भन्दै जनकपुर प्रादेशिक अस्पतालमा गएर जाँच गराउन सल्लाह दिएका थिए।

WRITE COMMENTS FOR THIS ARTICLE