Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

आर्सनललाई पछि पार्दै म्यानचेस्टर सिटी प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा

काठमाडौँ – म्यानचेस्टर सिटी इङ्ग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ ।

गएराति भएको खेलमा साउथह्याम्प्टनलाई ४–० गोलले हराउँदै सिटी आर्सनललाई पछि पारेर शीर्ष स्थानमा पुगेको हो । सिटीलाई जिताउन क्यानसेलो, फोडेन, महरेज र हालाण्डले गोल गरे । जितसँगै सिटीको २३ अङ्क भएको छ । दोस्रो स्थानको आर्सनलको २१ अङ्क छ ।

गएराति नै भएको खेलमा चेल्सीले उल्भ्सलाई ३– गोलले हरायो । चेल्सी १६ अङ्कसहित चौथो स्थानमा पुगेको छ ।

यस्तै, ह्यारी केनको गोलमा ब्राइटनलाई हराएको टोटनह्याम तेस्रो स्थानमा कायमै छ । गएराति नै भएका अरु खेलमा न्युक्यासलले ब्रेन्टफोर्डलाई र बर्नमाउथले लेस्टर सिटीलाई हराएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE