संसदमा भएको अवरोध हटाउन आन्तरिक छलफलमा सभामुख सापकोटा
२७ भदौ, काठमाडौँ – नेकपा एमालेले प्रतिनिधिसभा बैठक निरन्तर अवरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले परामर्श थाल्नुभएको छ ।
१५ मिनेट बैठक स्थगित गरेर उनले एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, एमाले सांसद खगराज अधिकारी लगायतसँग छलफल गरिरहनुभएको छ ।
साथमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्की समेत सहभागी रहेको बताइएको छ ।
आजको प्रतिनिधिसभा बैठकका लागि १९ वटा कार्यसूची तय गरिएपनि एमालेको अवरोधपछि बैठक अघि बढ्न सकेको छैन ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE