Date
सोम, अशोज ८, २०८०
Mon, September 25, 2023

‘सी’ डिभिजन लिग छनौट आजबाट

काठमाडौं – सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट आज बिहीबारबाट सुरु हुँदैछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजना हुने छनौटको पहिलो दिन दुई खेलहरु हुनेछन्। पहिलो खेलमा समूह ए को प्रगति युथ क्लब र मसुरिया फुटबल एकेडेमी भिड्ने छन् । खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ ।

यस्तै दोस्रो खेलमा समूह बी को फर्साटिकर युवा क्लब र ग्राम निर्माण बन्धु मण्डल क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल ३ः३० बजे सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

एन्फाले ६२ क्लबलाई २० समूहमा विभाजन गरेको छ । छनौट मंसिर १ गतेसम्म चल्नेछ । हरेक समूहको विजेता नकआउट चरणमा प्रवेश गर्ने छन् । नकआउट चरणलाई २ समूहमा विभाजन गरिएको छ ।

दुई समूहका विजेता ‘सी’ डिभिजन लिगमा छनोट हुनेछन्। र, फाइनलमा दुई समूह विजेता भिड्ने छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE