लायन्स क्लबको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
२७ असार, काठमाडौँ -लायन्स इन्टरनेशनल एम डि ३२५ अन्र्तरगत ४ वटा क्वलहरुको आयोजना तथा र लियो क्लबहरुको सहयोगमा शनिबार रक्तदान काक्र्रम सम्पन्न भएको छ ।
शनिबार बुढानिलकण्ठ नगरपालिकाको पिक पोइन्ट स्कुलमा भएको कार्यक्रममा १ डिस्ट्रीक १ क्लव कार्यक्रम अन्र्तरगत आयोजक क्लव हरुमा ए२ अन्र्तरगत लायन्स क्लव अफ काठमाडौ न्यू स्मार्ट सिटि, न्यू ग्रीन सिटि ए१ अन्र्तरगत लायन्स क्लव अफ बुढानिलकण्ठ नेवा पुछा, बि १ मा लायन्स क्लव अफ पिङ्गलास्थान र बि२ अन्र्तरगत लायन्स क्लव अफ भतरपुर युथ रहेका थिए । सहयोगी क्लवमा लायन्स क्लव अफ काठमाडौँ अफ क्रियटिभ युथ ए१ ,लायन्स क्लव अफ काठमाडौँ नोभेला ए१ ,लायन्स क्लव अफ काठमाडौ हिमचुली ए२ , लियो क्लव अफ काठमाडौ सौहार्द ए२, लियो क्लव अफ पिङ्गलास्थान बि१ , लियो क्लव अफ भरतपुर युथ र मिडिया पाट्नरमा सवाल मिडिया डट कम रहेका थिए ।

रक्तदान कार्यक्रमका संयोजक डिस्ट्रीक ३२५ ए१ का आयन श्रेष्ठले कोरोनाको यस घडिमा रक्तदान गर्नुहुने सबै धन्यवादको पत्रभएको बताउनुभयो । अर्का संयोजक ए२ का एरिया कोर्डिनेटर इन्द्रबहादुर कार्कीले सामाजिक कार्यमा लायन्सको पृष्ठभुमिमा कुनै आसंका नभएपनि रक्तदान जस्तो अतुलनीय सामाजिक कार्यमा लायन्सका सबै च्याप्टरहरु लागिपरेको बताउनुभयो ।

कार्यक्रममा आइ पि डि जि टन्क बहादुर श्रेष्ठ, प्रथम डिस्ट्रीक गभर्नर कर्मा गुरुङ लगायत लायन लिडरहरुको उपस्थिति रहेको थियो । कार्यक्रका बारेमा जानकारी गराउनुहुदै लायन्स क्लव अफ काठमाडौ न्यू स्मार्ट सिटिकी अध्यक्ष संगीता शर्माले आगामी दिनमा पनि सामाजिक कार्यमा निरन्तर लागिपर्ने बताउनु भयो।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE