प्रभुराम शर्मा बने कार्यवाहक प्रधानसेनापति
१३ साउन, काठमाडौँ – सरकारले प्रभुराम शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ । मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।
शर्माले हाल सेनामा बलाध्यक्ष र बलाधिकृत रथीको जिम्मेवारी सम्हालिरहनु भएको छ । हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले २५ भदौबाट अनिवार्य अवकाश पाउँदै हुनुहुन्छ ।
अवकाशको एक महीना अघि विदा बस्ने परम्परा अनुरुप उहाँले २४ साउनबाट विदा बस्ने तयारी गनुभएको छ । उहाँ बिदामा बसेपछिका लागि सरकारले शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।
नेपाली सेनाको ४४ औं प्रधानसेनापतिका रूपमा रथी प्रभुराम शर्माले नेतृत्व लिँदै हुनुहुन्छ । शर्माले बलाध्यक्ष र बलाधिकृत दुवै रथीको जिम्मेवारी सम्हाल्नु भएको छ ।
उहाँले भारतबाट राष्ट्रिय प्रतिरक्षा र अमेरिकाबाट आतंकवाद सुरक्षा, थाइल्याण्ड, पाकिस्तान र बंगलादेशबाट उच्चस्तरीय तालिम तथा सेमिनाहरु पूरा गर्नुभएको छ ।
रथी शर्माले आफ्नो ३७ वषे लामो सैनिक सेवाको दौरानमा संयुक्त राष्ट्र संघको शान्ति मिशनको पूर्वी टिमोरमा गुल्म र कंगोमा गणको अन्तराष्ट्रिय कामाण्ड सम्हाल्नु भएको छ ।
त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर गरेका शर्माले भारतबाट नेशनल डिफेन्स कोर्स ९एनडीसी० गर्नुभएको छ ।
शर्माको मुख्य प्राथमिकता कोभिड१९ का कारण प्रभावित भएका तालिमहरुलाई सुचारु गर्ने, सेनाको क्षमतालाई अभिवृद्धि गर्ने र तीन जोड एक अवधारण अनुसारको पुनर्संचनालाई व्यवस्थित ढंगले कार्यान्वयनमा ल्याउने रहेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE