Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

 नेपाल भित्रियो १० लाख डोज खोप 

९ फागुन
काठमाण्डौं
– भारतसँग खरीद गरिएको कोरोना भाइरसविरुद्धको २० लाख डोजमध्ये १० लाख डोज खोप काठमाडौं आइपुगेको छ। 

भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप त्रिभुवन विमानस्थलबाट भण्डारणका लागि सिधै टेकुस्थित कोल्डरुममा लगिएको छ।

५ फागुनमा सेरम इन्स्टिच्युटसँग २० लाख डोज खोप किन्ने सहमति भएकोमा आइतबार एयर इन्डियाको दिल्ली–काठमाडौंको दिउँसोको उडानमार्फत १० लाख डोज खोप ल्याइएको हो । आएको खोप प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्ला स्वास्थ्य कार्यालय हुँदै खोप केन्द्रमा लगिने स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

२३ फागुनदेखि ५५ वर्ष माथिका नागरिकलाई खोप लगाइनेछ।
सम्झौता बमोजिमको बाँकी खोप उत्पादकसँगको  सहमतिमा स्वास्थ्य सेवा विभागले प्रस्ताव गर्ने आपुर्ती तालिका अनुसार चाँडै आइपुग्ने मन्त्रालयले जनाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE