जिताउन मात्र हैन, परिवर्तन देख्न चाहेका छन् जनताले
सविना कार्की
राजनीतिमा भनिन्छ, एउटा कुरा कहिले हस्तिना पूर्व राज र कहिले चपली मुनिको बास, नेपालको राजनीतिलाई हेर्ने हो भने कुनै पनि एउटा राजनीतिक दललाई जनताले एक पटक मौका दिएका थिए र दिएका छन् । वि.सं. २०४८ साल भन्दा पछाडि कांग्रेसलाई मौका दिएका थिए त्यसैगरी वि.सं. २०५०/२०५२ तिर एमाले लाई मौका दिएका थिए र वि.सं.२०६३ भन्दा पछाडि एकीकृत माओवादीलाई मौका दिएका थिए । तीन ओटै शक्क्ति तथा पार्टी यो मुुलुकमा परिक्षण भइसके । जनताले एक पटक बहुमत दिएर जिताए, तर जिते पश्चात तीन दलले नै राम्रो प्रस्तुति गर्न नसकेको र जनअपेक्षा अनुसार काम गर्न नसकेको अवस्थामा संविधान सभा मार्फत नयाँ संविधान बनेको छ ।
संविधान कार्यन्वनको महत्वपूर्ण चरण यो निर्वाचनले हामीलाई नयाँ संबिधान बनाएर समृद्ध देश बनाउने तर्फ अभिप्रेरित बनाएको छ । त्यसैले समग्र मुलुकको अवस्था लाई हेर्ने हो भने नेपाल अब एउटा स्थाई र स्थिरताको बाटोमा अघि बढेको पनि देख्न सकिन्छ । त्यसैगरी राजनीतिक दलहरुले पनि अब सत्ता केन्द्रित राजनीति भन्दा मुलुकलाई स्थाईत्वका रुपमा अगाडी बढाउनका लागि नेपाली कांग्रेस लाई प्रतिपक्ष्यका रुपमा जिम्मेवारी दिएका छन् भने कांग्रेस अब प्रतिपक्ष्यमा बस्ने देखिएको छ ।
बाम गठबन्धनले पनि यो सोच्नु जरुरी छ कि आज यसरी जीत्नुमा र उच्च पद तथा स्थानमा पुग्नुमा आम नागरिकले भुमिका खेलेका छन् । अबको यो पाँच वर्षको बिचमा बाम गठबन्धनले राम्रो सँग सत्ता चलाउन सक्यो भने र चुनावी माहोल सँगै गरेका प्रतिबद्धताहरु जसरी चुनावी प्रचार प्रसारका बेला यो गर्छु, त्यो गर्छु भनेर एजेण्डाहरु बोकेर हिडे त्यसरी नै हरेक काम पुरा गर्न सके र गरे भने आम जनता को मनमा बस्न मात्र हैन एउटा कुशल नेता बन्न सक्ने छन् र यो गठबन्धन सबै भन्दा राम्रो हुने छ ।
विषेशगरी एकीकृत माओवादी केन्द्र र नेकपा एमालेका बिचमा एकताका जुन प्रयासहरु भएका छन त्यो सदैव रहिरह्यो र सफल भइरह्यो भने राम्रो र नयाँ कामको थालनी गर्ने अर्को अवसर थपिरहने छ । जसरी अहिलेको निर्वाचन प्रणालीले देखाइरहेको छ । जनताले खासगरी नयाँ संबिधान मार्फत नयाँ सदस्य निर्वाचित गर्न चाहेका हैनन् जनताले सिरिफ नयाँ परिर्वतन चाहेका र खोजेका मात्र हुन ।
यो २१ औँ शताब्दीमा जनताले भनेका बिकास र आवश्यकताहरु त्यही अनुसारको दु्रत गतिमा चाहेका छन् । यस्तै कुराहरु लाई लिएर हेर्ने हो भने मुलुक संबिधान कार्यन्वयनको बाटोमा अघि बढेको र स्थाई सरकारको बाटोमा अघि बढेको पनि देख्न सकिन्छ । पाँच बर्ष सम्म जनता कै लागि लागिपर्ने भनि बिभिन्न दलका नेताहरु भ्निरहेका छन् । तर जनताले बिकास चाहेका छन्, युवाले रोजगारी चाहेका छन् ।
मजदुरले आफनो मजदुरीको ग्यारेन्टी चाहेका छन्, त्यसैगरी एउटा गरिबको चुलो बल्ने अवस्था पनि छैन् । जुन सुकै क्षेत्रमा गएर हेर्दा पनि यस्तो समस्या प्रत्यक्ष देख्न सकिन्छ ।लामो समयसम्म ०४८ पछिको राजनीतिमा सधै नेतृत्व गरिरहेको नेपाली कांग्रेस जसले संबिधान निर्माण, शान्ति प्रक्रिया देखि लिएर धेरै कुराको नेतृत्व पनि गरेको थियो । तर अब कांग्रेसलाई जनताले बिपक्षका रुपमा जिम्मेवारी दिएका छन् । कांग्रेस पार्टी पनि अब बिपक्ष पार्टी कै रुपमा सीमित भएको छ । कांग्रेस अब पर्ख र हेर को अवस्थामा रहेको छ । अबको यो समयमा कांग्रेसले जनतालाई आफनो क्षमता र विश्वास देखाउदै पुनः पहिले कै अवस्थामा फर्किन के रणनीति अपनाउँछ त्यो हेर्न बाँकी छ ।
WRITE COMMENTS FOR THIS ARTICLE