ज्यान जोखिममा परेको भन्दै श्रीमति विरुद्ध श्रीमानले हाले प्रहरीमा उजुरी
५ कात्तिक
काठमाडौं – गोकर्णेश्वर नगरपालिका(५ का ओङ्छु शेर्पाले आफ्नै श्रीमतीबाट ज्यान जोखिममा भएको भन्दै शान्ति सुरक्षाको लागि महानगरीय प्रहरी वृत बौद्धमा उजुरी हालेका छन् ।
श्रीमतीले विभिन्न मान्छे ल्याएर घर तोडफोडसमेत गरेकाले शेर्पाले उजुरी दिएको प्रहरी वृत बौद्धले जनाएको छ ।
पहिलैदेखि श्रीमान,श्रीमतीबीच आन्तरिक विवाद रहेको र श्रीमतीले समेत श्रीमानविरुद्ध पटक–पटक मुद्दा दायर गरेका छन् । ‘मुख्य त श्रीमतीले अंश पाउनुपर्ने माग राख्दै आएकी छिन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE