Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

धुलो सँग गासिएको मेरो सम्बन्ध

  • सरिसा अछामी

जिन्दगी जिउने हजारै कला हुन्छन् । जसको भोगाइमा जे छ तेहि कुरा भोग्न र गर्न पाईने रहेछ । रहर अनि सपनाहरु सजाएर मात्र हुन्न त्यसलाई पुरा गर्ने साहास र जस्तो सुक्कौ अवस्थामा पनि जिउन सिक्नु पर्ने रहेछ । त्यहि बाध्यतालाई नै जिन्दगीको आफनो साहारा र खुसीको आँखाले हेनु पर्ने रहेछ । यसै गरी मेरो जिन्दगीको सुख खुसी पनि धुलो सँग गासिएको छ ।

जिन्दगी सँग जोडिएपछि धुलो दुई शब्दको अक्षरमात्र होइन कसैको दुई छाकको खाना कसैको उज्जल भविव्य, कसैको निदाउने साहारा, सपना सँग जोडिएको हुन्छ । रहर लाग्दो र सपनाको छारी होइन धुलो काहाली लाग्दो र अन्धकारको छिटा हो । अनौठो सँग गासिएको हुन्छ यस सँग हाम्रो सम्बन्ध सफा लुगा एउटा सानो गाडी,राम्रो लुगा र कालो चस्मा लगाएर डिड्ने सम्य मानिसहरुको गोडामा सम्म लाग्न दिदैनन् । त्यसलाई फोहोर अनि दुर्गन्धको रुपमा रुपमा नजानिदो पाराले छया कति धुलो भन्दौ शरिफ बन्न पछि पदैनन् हाम्रो शहरमा हो यही शहरको धुलो हु म जो धनिको लुगामा टासिन चाहान्छु तर उनीहरु हामीलाई हाम्रो अनुहार सम्म नदेखिने गरि धुलोे टास्न छाड्दौनन् । कति फरक छ उनीहरु धुलोलाई टाटा राख्न हर कोसिस गर्छन् ।

अनि म धुलोले आफुलाई नै पुर्न कोसिस गर्छु । म त्यहाँ आफुलाई पुर्दिन मेरा सपना मेरो चाहाना र खुसीको लागी होईन । यो पापी पेटलाई खाली राख्न नसक्ने भएर यसलाई नै जिन्दगी बनाएको छु । विहानको मिरमिर सँगै मेरो सपनाहरु जाग्दछन् । कि म आज धुलो भित्र नै पुरियौ धुलोलाई हेलाको रुपले होइन नजिक बाट हेर्दा मेरो सपनाहरु फिजिएको देख्छु । हरपल याद आउँछ मायालु स्वरमा फेनमा कसैले भनिरहेको हुन्छ बाबा हजुर आउदा मलाई राम्रो नाना, धेरै खेल्ने कुराहरु अनि त्यो कुराहरु सकिन नपाउदै पछाडी बाट पनि उनिले पनि हाँस्दै मेरो लागी पनि राम्रो फोन अनि गतिलो एउटा सारी ल्याईदिनु ल भनेको यी कानहरुमा गुन्जिरहेका हुन्छन् ।

अनि म कसरी घृणा गर्न सक्छु यो धुलोलाई , म मख्ख पर्ने गर्छु जव म धुलोले मेरा आँखा सम्म छोपिएका हुन्छन् । धुलो छुन सम्म गिज्जमिजाउने सफा पहिरनमा घुमाउरो टेवलमा बस्दै, ए कान्छा छिटोः छिटो लोड गर अब अर्काे गाडी आउने समय भयो । आफुलाई मानिस र धुलो लाग्ने व्यतिmलाई गरिव र भिकारीको नाम दिने सफल भएका व्यतिmहरु मेरो नाम जप्दौ भन्छन् ।

त्यो समयमा मलाई पिडा त भएको हुन्छ तर खुसी पनि छुटौ किसिमले भइरहेको हुन्छ । नजानिदो पाराले त्यो शव्दले मन छोएको हुन्छ । त्यो विहान देखिको खाली पेटले भनिरहेको हुन्छ, बस् अब भयो एकछिन भएपनि बस् म गलिसके अब तलाई साथ दिन सक्दिन, पानी पिएर भए पनि मलाई सन्तुष्ट बना नत्र तेरो त्यो अनुहारमा देखिएको खुसीहरु एक्कौ छिनमा छ्ट्पटि र आँसुमा झरर्ने छु ।
यो मनको कुरालाई सहज रुपमा असुस्कार गर्दाे सारा पिडा लाई आफनो परिवारको लागी भुल्दै भन्नेछु हस् साहुजी यसमा सिमेन्ट लोड भैसक्यो । म तयार छु कलिकति मुस्कुराएको जस्तो गरि सहज रुपमा भन्छु ।

धुलोले आफनो पुरै शरिर नदेखिने गरि छोपिनुमा नै खुसि महशुस गर्दछु । एका विहान देखि साथमा एउटा वोरा लिएर गोडामा प्लास्टिकको चप्पल लगाएर सपनाको छालहरु सँगै म निस्कन्छु म यहि सोच्छु कि म बेलुका फर्किदा धुलोमा पुरिएको हु । यसरी पुरिनु नै दिन भरि भारी लोड गर्न पाउनु थियो । यो वालुवा, सिमेन्टको धुलोले आफुलाई चिनि नसक्नु गरि बस्नु मेरो चाहाना बनको छ ।
मेरो जिन्दगी काठमाडौंको धुलो सँग गासिएको छ । हामीलाई देख्ने वितिकै मुख छोप्दै डिड्ने सफा मानिसहरुले यो धुलो सँग जिन्दगी गासिएको भएर होला फोहोरी, भरिया,भिकारीको उपनाम दिईरहेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE