‘मायालाई जालि रुमाल’ सार्वजनिक
९ पुष
काठमाडौँ – गायक मनिष श्रेष्ठ र गायिका एलिना चौहानको स्वरमा रहेको गित ‘चिनो मायालाई जालि रुमाल’ सार्वजनिक भएको छ । निकै नै फरक धारको यस गितमा नायक पल शाह, गायक मनिष श्रेष्ठ, र टिकटकमा सबैले रुचाउनु भएका जोडीद्वय स्मारिका ढाकल, समारिका ढकाल, जेभिन श्रेष्ठ र जेभिन्स श्रेष्ठको अभिनय रहेकोछ ।
काजिस श्रेष्ठले निर्देशन् गरेको उक्त म्युजिक भिडायोमा दिपक सापकोटाको शब्द रचना रहेको छ । गीत निकै ठूलो लगानिमा बनेको र निकै मेहनतका साथ निर्माण गरेको गायक श्रेष्ठले बताउनु भएको छ ।
अर्जुन तिवारीले छायांकन गरेको उक्त गीतमा शंखमुलको याला दरबारको दृष्य देख्न सकिन्छ । इनाक्षी इन्टर्टेन्मेन्टबाट सार्वजनिक भएको यस गीतलाई मिलन बिश्वकर्माले सम्पादन गर्नुभएको हो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE