Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

रामेछापमा निषेधाज्ञा उल्लंघन गर्ने १६ सवारी साधन नियन्त्रण

२१ बैशाख, रामेछाप – रामेछापमा निषेधाज्ञा उल्लंघन गर्ने १६ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । देवकोटा चोक, ट्राफिक चोक, नगरपालिकाको कार्यालय अगाडिको चोक, भैसेश्वरसहित सीमा नाका सेलेघाटमा अनुमति विना सञ्चालन भएका १६ सवारी साधनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले जानकारी दिनु भयो ।

निषेधाज्ञाको पहिलो दिन मंगलबार रामेछापको सदरमुकाम मन्थली सहितका विभिन्न बजार क्षेत्रमा बिहानैदेखि निषेधाज्ञा कार्यान्वयन गर्नको लागि प्रहरीले चेकजाँचलाई कडाईका साथ कार्यान्वय गरेको छ ।

विश्व व्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को दोस्रो लहर सुरु भए संगै पल्छिलो समयमा रामेछाप जिल्लामा पनि कोरोना संक्रमीतको संख्या बढ्दै गए पछि रामेछापको सदरमुकाम मन्थली बजार सहित जिल्लाका विभिन्न बजार क्षेत्रमा गरिएको निषेधाज्ञाको पहिलो दिन बजार क्षेत्र सुनसान भएको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE