भारतीय सेना प्रमुख नरवणे हिमाल हेर्न माउन्टेन फ्लाइटमा
२१ कात्तिक
काठमाडौँ- तीन दिने नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले माउन्टेन फ्लाइट गरेका छन्। उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका लागि खरिद गरिएको हेलिकप्टरमार्फत शुक्रबार माउन्टेन फ्लाइट गराइएको सैन्य स्रोतले जनाएको छ।
नेपालका हिमालको दृश्यावलोकनका लागि नरवणे शुक्रबार बिहान सोलुखुम्बु पुगेका हुन् । उनले माउन्टेन फ्लाइटबाट विश्वको सर्वोच्च शिखर सगरमाथालगायत हिमालको दृष्यावलोकन गर्नेछन् । भारतीय सेनापति नरवणे नेपाली सेनाको अगुष्टा हेलिकप्टर चढेर सोलुखुम्बु पुगेको सैनिक उच्च स्रोतले जानकारी दिएको छ । उनी हिमालको दृश्यावलोकन गरेपछि पुनः काठमाडौं फर्किने छन् ।
माउन्टेन फ्लाइटपछि उनले खुम्बु पासाङल्हामु गाउँपालिका ४ मा रहेको होटल एभरेष्ट भ्यू बाट सर्वोच्च शिखर सगरमाथाको दृश्यावलोकन गर्ने कार्यक्रम रहेको छ। सो होटल समुन्द्री सतहबाट ३ हजार ८ सय ८० मिटर उचाइमा रहेको र त्यहीँ बसेर उनले ब्रेकफास्ट गरेर काठमाडौं फर्कने छन्।
त्यहाँबाट फर्केपछि आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग नरवणेले भेटवार्ता गर्ने र त्यहाँबाट शिवपुरी स्थित स्टाफ कलेजमा आयोजित कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE