मनोज गजुरेलको स्वास्थ्य सुधारोन्मुख
२१ कात्तिक
काठमाडौं – वरिष्ठ हास्य कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बलम्बुस्थित शशस्त्र प्रहरी अस्पतालले जनाएको छ। उक्त अस्पतालका प्रवक्ता डा. प्रवीण नेपालले कोरोनाका कारण गम्भीर बिरामी परेका गजुरेलको अवस्थामा सुधार आइरहेको बताएका हुन्।
’उहाँ आफै खाना खान सक्नुहुन्छ। चिकित्सक साथीहरुसँग मजाले बोलिरहनु भएको छु, उहाँलाई एक जनासँग मात्रै सम्पर्क गर्न दिएका छौं।’
सामाजिक सञ्जालमा आएको हल्लामा कुनै सत्यता नरहेको पनि नेपालले बताए। अस्पतालबाट आधिकारिक कुरा नआइ हल्लाको पछि लागेर अफवाह नफैल्याउन पनि नेपालले आग्रह गरेका छन्।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE