
महान्याधिवक्ता खरेलले दिए राजीनामा

११ फागुन
काठमाडौँ – महान्याधिवक्ता अग्नि खरेलले राजीनामा दिनु भएको छ । खरेलले महान्याधिवक्ता पदबाट आइतबार राजीनामा दिनु भएको छ । तर उनको राजीनामा स्वीकृत हुन बाँकी छ ।
आगामी निर्वाचनमा झापाबाट चुनाव लड्नका लागि तयारी गर्ने भन्दै खरेलले राजीनामा दिएको उनी निकट स्रोतले बताउनु भएको छ । यद्यपि उनले अदालतको फैसला आएसँगै राजीनामा दिने बताएका थिए । उनको यो राजीनामासँगै अदालतको फैसलाको पूर्वाअनुमान गर्न सकिन्छ ।
प्रतिनिधि सभा पुनस्स्थापना सम्बन्धि मुद्दामा सरकारको बचाउ गर्न नसकेको भन्दै कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली महान्याधिवक्ता खरेलसँग असन्तुष्ट थिए । कामचलाउ प्रधानमन्त्री ओलीले खरेललाई पटक(पटक बोलाएर असन्तुष्टि व्यक्त गरेका थिए । त्योसँगै खरेलले राजीनामा दिएको बालुवाटार स्रोतले पुष्टि गरेको छ ।
WRITE COMMENTS FOR THIS ARTICLE