Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

१२ वर्षीया छोरी करणी गरेको आरोपमा बुबा पक्राउ

१५असोज
काठमाडाैँ – जोरायल गाउँपालिका–५ फलेदा गाउँका अन्दाजी ३६ वर्षीय डम्बरबहादुर विकलाई प्रहरीले आज पक्राउ गरेको छ ।
आफ्नै १२ वर्षीया छोरी करणी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
घरमा आफू नभएका समयमा छोरीलाई बलात्कार गरेको भन्ने बालिकाकी आमाको उजूरीका आधारमा उनलाई पक्राउ गरिएको जानकारी जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्द्रबहादुर मल्लले दिनुभयो ।
अभियुक्त विकलाई प्रहरीले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको बताइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE