Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

बझाङ घटनालाई गम्भीर रुपमा लिएको छु : सभामुख सापकोटा

१३ असोज 
काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई आफूले गम्भीर रुपमा लिएको बताउनुभएको छ ।   सिंहदरबारस्थित कार्यकक्षमा बझाङ बलात्कार घटनाबारे ध्यानाकर्षण गराउन आएका सुदूरपश्चिमका सङ्घीय सांसदसँगको आजको भेटमा उहाँले घटनालाई राज्यले चुनौतीका रुपमा लिनुपर्ने बताउनुभयो ।

सभामुख सापकोटाले जनता अन्याय, दमन र समस्यामा परेका बेला उनीहरुलाई साथ दिनु जनप्रतिनिधिको कर्तव्य भएको बताउँदै कानूनको प्रभावकारी कार्यान्वयनका लागि पहल जारी राख्न आग्रह गर्नुभयो । उहाँले आफ्नातर्फबाट  समेत विशेष पहल गरिने प्रतिबद्धता व्यक्त  गर्नुभएको सभामुखका प्रेसविज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा सदस्य आशाकुमारी विकलगायत सांसदले सभामुख सापकोटालाई भेटेर  बालिका सम्झना कामीको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीका लागि पहल गरिदिन ध्यानाकर्षण  गराउनुभएको हो । सांसदले घटनाको निष्पक्ष छानबिन, पीडकलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्तिका विषयमा ध्यानाकर्षण गराउनुभएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE