महारानीको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री खड्का लन्डनमा
काठमाडौँ – परराष्ट्रमन्त्री डा. नारायण खड्का संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको राजकीय अन्त्येष्टिमा सहभागी हुन् लण्डन आएका छन्। मन्त्री खड्का शनिबार साँझ लण्डन स्थित हित्रो विमानस्थलमा उत्रिँदा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले स्वागत गरेका थिए ।
लण्डनमा रहँदा मन्त्री खड्काले महारानीको अन्त्येष्टिमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै विषेश समारोहमा सहभागी हुनेछन् । खड्काले ल्यान्कास्टर हाउसमा आधिकारिक शोक पुस्तिकामा हस्ताक्षर गर्ने, बकिङ्घम दरबारमा प्यालेसमा राजा चाल्र्स तृतीयाको स्वागत समारोहमा भाग लिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE