Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026

पछिल्लो २४ घण्टामा एक हजार ५ सय ५० जना कोरोना संक्रमणमुक्त

८ आश्विन काठमाडौं – पछिल्लो २४ घण्टामा एक हजार ५५० संक्रमित निको भएका छन् ।  त्यस्तै २४ घण्टा भित्रमा नेपालमा एक हजार ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार शुक्रबार १५ हजार ६९० जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

पिसिआर विधिबाट १० हजार ५ सय ७५ जना र एन्टिजेनबाट ५११५ जनाको परीक्षण भएको छ । संक्रमणबाट पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा ११ हजार ८१ जनाको मृत्यु भएको छ।  यस्तै हाल २० हजार २८७ सक्रिय संक्रमित छन् । यस्तै, काठमाडौं उपत्यकामा थप ३६४ कोरोना संक्रमित थपिएका छन्।  काठमाडौंका २५६ , ललितपुरका ७३ र भक्तपुरमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE