Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

थप ३ हजार ४४९ जना कोरोना संक्रमण, ५ हजार ७६८ संक्रमणमुक्त

२६ जेठ, काठमाडौँ – २४ घण्टामा देशभर ३ हजार ४ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा बुधबार गरिएको १२ हजार ७४ पीसीआर परीक्षणमा ३ हजार ४ सय ४९ जनामा कोरोना पुष्टि भएको हो ।

यसैगरी, ४ हजार ५ सय ६६ एन्टिजेन परीक्षणमा ८ सय ९५ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल ४ हजार ३ सय ४४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमित ८० हजार ३ सय ३६ रहेका छन् ।

यस्तै  ५ हजार ७ सय ६८ कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । सोही अवधिमा थप ८१ जना कोरोना संक्रमणबाट मृत्यु भएका छन् ।

 

WRITE COMMENTS FOR THIS ARTICLE