Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

सिनोफर्मसँग खोप खरिद गर्ने सरकारको तयारी, ४० लाख डोज खरिद गर्ने

सिनोफर्मसँग खोप खरिद गर्ने सरकारको तयारी, ४० लाख डोज खरिद गर्ने

३ असार, काठमाडौं– चीनको सिनोफर्म कम्पनीसँग सरकारले ४० लाख डोज कोरोना खोप खरिद गर्ने भएको छ ।

खोप खरिदका लागि प्रक्रिया अघि बढाउन सोमबार बसेको मन्त्रिपरिषद् बैठकलेसहमति दिएको एक मन्त्रीले बताए।

खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्नुपर्ने बताएको चिनियाँ कम्पनीका कारण स्वास्थ्य सेवा विभागले प्रक्रिया बढाएको थिएन । यद्यपि अरु कम्पनीसँग खोप खरिदको प्रक्रिया अघि नबढेपछि सरकार अन्ततः चिनियाँ कम्पनीको प्रस्तावअनुसार नै अघि बढ्न राजी भएको हो ।

‘सोमबार क्याबिनेटमा भएको छलफलमा कोभिड–१९ निर्देशक समितिमा पनि हामीले सोधेका थियौं । प्रधानमन्त्रीले ४० लाख खरिद गर्ने र पहिलो लट जुन महिनाभित्र आउने जानकारी दिनुभएको छ ।’ एक मन्त्रीले भने ।

यद्यपि नेपालको विद्यामान कानूनले ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्न अनुमति नदिने भएकाले कसरी सम्बोधन गर्ने सरकारले केही बताएको छ । यो जानकारी दिँदै एक मन्त्रिले सरकारका प्रवक्ताले यसबारे औपचारिक जानकारी दिने बताए ।

सरकारले अरु देशहरुसँग पनि खोप खरिदका लागि कुरा बढेको बताउँदै आगामी साउनबाट खोप लगाउन सुरु गरिने उनले बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE