Date
सोम, चैत्र २३, २०८२
Mon, April 6, 2026

धितोपत्र बोर्डको विज्ञप्तीले आत्तिएका लगानीकर्ता सम्हालिएनन्, ७१.०६ अंकले घट्यो नेप्से

धितोपत्र बोर्डको विज्ञप्तीले आत्तिएका लगानीकर्ता सम्हालिएनन्, ७१.०६ अंकले घट्यो नेप्से

७ असार काठमाडौं– सेयर बजार मापक परिसूचक नेप्सेमा आज पनि भारी गिरावट आएको छ ।

सुरुवात देखि नै घटेको बजार आज बन्द हुँदा सम्ममा ७१ दशमलव ०६ अंकले घट्दै २ हजार ८ सय ३४ दशमलव ४० अंकमा झरेको हो ।

केही दिन अघिसम्म ३ हजार विन्दुमाथि रहेको नेप्से आज २९ सय विन्दुभन्दा तल झरेको हो ।

सुरुवात देखि नै ओरालो लागेको बजारमा आज २ सय २७ कम्पनीको सेयर ११ अर्ब ६१ करोड रुपैयाँ बराबरको कारोवार भएको छ ।

सबै समूहको सूचक राताम्मे भएको बजारमा आज नारायणी डेभलपमेन्ट बैंक र कुमारी बैंकको प्रोमोटर सेयर भएका लगानीकर्ताले मात्र १० प्रतिशत कमाउन सके ।

धितोपत्र बोर्डले सार्वजनिक गरेको विज्ञप्तीका कारण लगानीकर्ता आत्तिदा ओरालो लाग्न सुरु गरेको सेयर बजार अहिलेसम्म सम्हालिएको छैन ।

WRITE COMMENTS FOR THIS ARTICLE