Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

मठ मन्दिर बन्द, तर चर्चमा भने भीडभाड कायमै !

३ कात्तिक
गोरखा – कोभिड १९ को महामारी रोकथामका लागि भन्दै जिल्ला प्रशासन कार्यालय गोरखाले मठ, मन्दिर बन्द गरेको छ। तर यही बेला यहाँका चर्च तथा ‘सच्चाइ’ निर्वाध सञ्चालन भइरहेका छन्। ११ वटै स्थानीय तहमा हरेक शनिबार चर्च तथा सच्चाइ निरन्तर रुपमा चलिरहेको विश्वासीहरु बताउँछन्।

लकडाउनभन्दा केही अघिदेखि सुरु भएको पालुङ्टार नगरपालिका ९ सिस्नेरीको सच्चाइ हालसम्म निरन्तर रुपमा चलिरहेको सो सच्चाइका सदस्य टेकबहादुर सुनारी बताउँछन्।

‘हाम्रो सच्चाइ लकडाउन भन्दा केही अघिदेखि सुरु भएको हो’, उनी भन्छन्, ‘अहिलेसम्म निरन्तर चलिरहेको छ।’ ३५ देखि ४० जनासम्मका विश्वासी सच्चाइमा भेला हुने उनले बताए। ‘हाम्रो गाउँका विश्वासीहरु सबै आउँछन्’, सुनारी भन्छन्, ‘एकपटकमा ३५ देखि ४० जनासम्म भेला हुन्छन्।’ वडा नं। ९ को तीनठाउँमा सच्चाइ चल्ने उनले बताए।

त्यस्तै हरेक शनिबार चर्चमा भेला भएर गरिने प्रार्थना पनि निर्वाध रुपमा चलिरहेको विश्वासी बताउँछन्। सबैभन्दा धेरै गोरखा नगरपालिका र पालुङ्टार नगरपालिका सच्चाइ तथा चर्च सञ्चालनमा छन्। ती पालिकाका एउटै वडामा तीन भन्दा धेरै ठाउँमा सच्चाइ सञ्चालनमा रहेको विश्वासी बताउँछन्। यो खबर अन्नपूर्ण पोस्ट दैनिकमा छ।

WRITE COMMENTS FOR THIS ARTICLE