Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

एमालेमा अब गुटगत भागबण्डा नचल्ने : ओलीको दाबी

९ बैशाख, काठमाडौँ – प्रधानमन्त्री एवम्‌ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा थप क्षति हुन नदिन पहल गरिरहेको बताउनु भएको छ ।

हिजो (बुधबार) वरिष्ठ नेता माधवकुमार नेपालसँग ओलीले मेरियट होटलमा वार्ता गर्नुभएको थियो । नेपालसँग लामो समयसम्मको मौनता तोडिएसँगै ओलीले यस्तो बताउनु भएका हुन ।

बल्खुमा नयाँ भवन शिलान्यास कार्यक्रमलाई बिहीबार बिहान सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबैलाई सम्झाउने(बुझाउने काम गरिरहेको बताउनु भयो।

‘देशभर नयाँ पार्टी बनाउने अभियान चलाउनेलाई पनि सकभर सम्झाउने(बुझाउने प्रयास भएको छ,’ उहाँले भन्नुभयो, ‘व्यक्तिगत तवरमा कुरा हुनसक्छ, व्यक्तिगत जिम्मेवारी दिन सकिन्छ, मेरो गुट भनेर हुने भागबण्डा अब चल्दैन।’

 

WRITE COMMENTS FOR THIS ARTICLE