सांसद पदबाट भीम रावल दिए राजीनामा
३ साउन, काठमाडौँ – नेकपा (एमाले) का सांसद भीम रावलले पदबाट राजीनामा दिनुभएको छ । एमाले विवाद समाधानका लागि क्रियाशील रावलले आइतबार सांसद पदबाट राजीनामा दिनुभएको हो ।
आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन एमाले वरिष्ठ नेता माधवकुमार नेपाल तयार देखिएका छन् । अध्यक्ष केपी ओली पक्षले भने संसदीय दलको बैठकबाटै देउवालाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । नेपाल समूहमा सक्रिय हुँदै आएका रावलले संसद् बैठकअघि राजीनामाको घोषणा गर्नुभएको हो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE