सभामुख सापकोटाद्वारा जेठ २८ गतेलाई सर्वदलीय बैठक आह्वान
सभामुख सापकोटाद्वारा जेठ २८ गतेलाई सर्वदलीय बैठक आह्वान
२६ जेठ, काठमाडौं– सभामुख अग्नीप्रसाद सापकोटाले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।
सभामुख सापकोटाले पत्र लेखी समसामयिक विषयमा छलफल गर्नुपर्ने भन्दै जेठ २८ गतेका लागि सर्वदलीय बैठक बोलाउनुभएको हो ।
सभामुख सापकोटाले पठाएको पत्रमा छलफलका लागि संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बोलाइएको छ ।
सभामुखले छलफलका लागि प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुलाई बोलाउनुभएको उहाँका सञ्चार विज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE