Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

दसैँपछि मात्र लिनेभए मुख्यमन्त्री आचार्यले विश्वासको मत

२२ आश्विन, काठमाडौं – प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दशैँपछि मात्र विश्वासको मत लिने प्रस्ताव राख्नुभएको छ । आज ९शुक्रबार० बसेको एमाले संसदीय दलको बैठकमा आचार्यले कात्तिक ५ गते विश्वासको मत लिने प्रस्ताव गर्नुभएको हो ।

बिहीबारबाट सुरु भएको प्रदेशसभाको अधिवेशन अगाडि सो प्रस्ताव पेश भएको हो । विश्वासको मत लिनका लागि असोज २४ गते प्रस्ताव दर्ता गर्ने सरकारको तयारी छ । विपक्षी गठबन्धनले भने मुख्यमन्त्रीले असोज २४ गतेभित्र विश्वासको मत लिनुपर्ने बताउँदै आएका छन् । तर, नेकपा एमाले दसैँपछि मात्र विश्वासको मत लिने तयारी गरिरहेका छन् । प्रदेश १ मा आजबाट प्रदेशसभाको हिउँदे अधिवेशन सुरु भएको हो ।

 

प्रायोजित विज्ञापन
प्रायोजक विज्ञापन

 

प्रायोजक विज्ञापन
प्रायोजक विज्ञापन

WRITE COMMENTS FOR THIS ARTICLE