Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

सरकारले स्वीकार गरे दशैंमा लकडाउन !

७ असाेज
काठमाडौं – कोरोना संक्रमणको दर लगातार बढे फेरि लकडाउन गर्न सिफारिस गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको मन्त्रालयका सह प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले  जानकारी दिनुभयो ।

स्वास्थ्य मन्त्रालयको यो सिफारिस सरकारले कार्यन्वयन गरेको खण्डमा दशैँको समयमा मुलुकमा पुनः लकडाउन हुन सक्छ । दशैंंमा काठमाडौँ उपत्यकाबाट धेरै मानिसहरु बाहिरिने भएकाले उपत्यकाका संक्रमित गाउँ गाउँ पुग्ने खतराका कारण पनि सरकारले ‘लकडाउन’ को विकल्प रोज्न सक्नेमा विज्ञहरुको एक मत देखिएको छ ।

मन्त्रालयको ‘इन्सिडेन्ट कमाण्ड सिस्टम’को बैठकले २५ हजार बढी भए सक्रिय संक्रमित भए बन्दाबन्दी गर्नुपर्ने निष्कर्ष निकालेको हो । २५ हजार बढी संक्रमित भए अस्पतालको पूर्वाधारमा व्यवस्थापन गर्न गाह्रो हुने पनि सह प्रवक्ता अधिकारीले  बताउनुभयो ।

मन्त्रालयका तथ्यांकअनुसार बुधबार देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय १४ छ । यहि दरमा संक्रमित बढ्दै गएमा सक्रिय संक्रमितको संख्या २५ हजार हुन धेरै समय लाग्दैन ।

WRITE COMMENTS FOR THIS ARTICLE