एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता
१० जेठ, काठमाडौं – नेकपा एमालेले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको एक स्थायी कमिटी सदस्यले जानकारी दिनुभयो ।
यसअघि नै सुदूरपश्चिम सरकार मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिने चर्चा चले पनि औपचारिक निर्णय भने सोमबार भएको हो ।
समर्थन फिर्ता लिएसँगै नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका भट्टले अब ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । ५३ सांसद रहेको सुदूरपश्चिम प्रदेशसभामा सभामुखसहित नेकपा एमालेका २५, उपसभामुखसहित नेकपा माओवादी केद्रका १४, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टीका २ सांसद छन् ।
विश्वासको मतका लागि मुख्यमन्त्री भट्टलाई २७ मतको आवश्यकता पर्छ । जसका लागि नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको सहयोग अपरिहार्य छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE