प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
१९ वैशाख, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ४ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको हो।
आजको बैठक कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रीत हुनेछ। कोभिड-१९ सङ्कट व्यवस्थापन समिति (सिसिएमसी) को शुक्रबार बसेको बैठकले गरेका सिफारिस कार्यान्वयनका विषयमा छलफल हुने बताइएको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE