प्रदेश ३ को प्रदेशसभाबाट विधेयक पारित, चार विधेयक छलफलमा
- सवाल सम्वबददाता
बाग्मती- प्रदेशसभा बैठकले सोमबार “प्रदेशस्तरीय केही सार्वजनिक लिखित प्रमाणीकरण ऐन संशोधन” पारित गरेको छ । त्यसैगरी, प्रदेश ३ को प्रदेशसभामा ४ विधेयक समितिमा छलफलका लागि पठाइएको छ । त्यस्ते ३ विधेयक प्रदेशसभामा प्रस्तुत भएका छन् । बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेले प्रस्तुत गरेको विधेयक सर्वसम्मत पारित भएको हो । विधेयकमा संशोधन हालेकी प्रदेशसभा सदस्य सीता लामाले संशोधन फिर्ता लिएपछि सर्वसम्मत पारित भएको हो ।
त्यसैगरी, प्रदेश सूचनाको हकसम्बन्धी विधेयक र प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी संशोधन प्रदेश मामिला समितिमा दफावार छलफलका लागि सर्वसम्मत पठाइएको छ । त्यसैगरी, कर तथा गैरकर राजस्वसम्बन्धी संशोधन विधेयक, प्रदेश बालबालिका सम्बन्धी विधेयक स्वास्थ्य तथा कृषि समितिमा दफावार छलफलका लागि पठाइएको छ । बैठकमा प्रदेश विउ विजन सम्बन्धी विधेयक, प्रादेशिक कृषि व्यवसाय सम्बन्धी विधेयक र प्रादेशिक व्यापार सम्बन्धी विधेयक प्रस्तुत भएको छ । बैठक मंगलबार दिउँसो १ बजे बस्ने छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE